१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

दाङमा तोरी उत्पादन घट्दो



मायादेवी अनलाइन, दाङ ।
कुनै समय तोरी बालीको लागि प्रख्यात दाङ पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाविनको प्रयोग गर्न थालेको स्थानीयवासी यज्ञबहादुर थापा बताउनुहुन्छ । जिल्ला कृषि विकास कार्यालयले विभिन्न कारणले तोरी उत्पादन घट्दै गएको जनाएको छ । तोरी खेती घट्दै गएको कार्यालयमा सूचना अधिकारी भरतमणि पोख्रेलले बताउनुभयो । गत वर्ष १८ हजार हेक्टरमा गरिएको तोरी खेतीबाट १९ हजार २८२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २१ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ४० बजे