२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने पहल गर्न मन्त्रीहरुसँग माग



काठमाडौं, साउन १४ ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन तथा बेलहारामा विमानस्थल बनाउन माग गर्दै आएको प्रतिनिधिमण्डलले अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग छलफल गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग, क्षेत्रीय सदस्य तथा खाल्सा छिन्ताग शहीदभूमि गाउँपालिका–१ का वडाध्यक्ष अशोक राई, लोकतान्त्रिक फोरमका अध्यक्ष रमेशकुमार राई लगायतले अर्थमन्त्री कार्कीलाई धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन तथा विमानस्थल लगायत भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको हो ।

प्रतिनिधिमण्डलले संचारमन्त्री मोहनबहादुर बस्नेतसँग भेटी धनकुटाको सातवटै तहमा लेण्डलाईन टेलिफोन विस्तार र मोबाइल फोनको टावर निर्माण गर्न माग गरेको छ ।

त्यस्तै टोलीले बाणिज्य मन्त्री मिन विश्वकर्मा, खेलकुद मन्त्री राजन केसी, खानेपानी मन्त्री महेन्द्र यादवसँग भेटी मन्त्रालयगत रुपमा विकासका काम अघि बढाइदिन आग्रह गरेको सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ७ : २९ बजे