३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ?: एमाले नेता पाण्डे 



कपिलवस्तु । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेलाई जनताले मतपत्रबाटै अस्वीकार गरेकोले कार्यकर्तालाई धम्की दिनु बुद्धीमानी नहुने बताएका छन्। 

नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।  सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्। 

उनले लेखेका छन् यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो। 

जब जनताले मतपत्रबाटै अस्वीकार को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ?

मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५ – १० हजार मत तल/माथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो। उनले लेखेका छन्। 

पाण्डेको फेसबुक स्टाटस ः

प्रकाशित मिति : ३० फाल्गुन २०८२ शनिबार ००:००  ९ : १७ बजे