८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

काठमाडौंमा राहत शिक्षकको विरोध प्रदर्शन



काठमाडौं ।
देशभरका अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरु पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। वैशाख १४ गतेदेखि रिले अनसनमा रहेका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्। उनीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए।

आइतबार अस्थायी शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेका हुन्। माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ प्रस्थान गरेको छ। अस्थायी शिक्षक केन्द्रीय समितिका महासचिव कुमोद कुमार कर्णले जिल्ला तहमा आफूहरुका माग पूरा नभएपछि माग पूरा गराउनका लागि काठमाडौंमै आन्दोलन गरिएको जानकारी दिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ८ : ४९ बजे