८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

बाढीबाट पुर्व सचेत रहन प्रशसनको आग्रह



मायादेवी अनलाइन, कपिलवस्तु ३० साउन ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ४८ घण्टा सम्म सबै नागरिकलाई सर्तक रहन आग्रह गरेको छ । आइतबार राती प्रशासनले एक विज्ञप्ति जारी गरि ४८ घण्टा सम्म ठुलै पानी पर्ने सम्भवना भएको कारण आफ्नो जिउधनको सुरक्षा गर्न आग्रह गरेको हो । बाढी, पहिरोबाट हुन सक्ने सम्भावित घटनामा आफै सचेत बन्नुपर्नेमा प्रशासनले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, जलवायु तथा मौसम विज्ञान विभागले हालै मात्र दिएको जानकारी अनुसार ४८ घण्टा भित्र यस क्षेत्रमा भिषण बर्षा भई बाढी पनि आउन सक्ने पुर्व सुचना दिएको हुँदा सम्भावित क्षतिबाट बच्न सबैमा अनुरोध गरिन्छ ।
साथै नागरिकलाई यसबारे सुचना प्रकाशन, प्रशारित गर्न मिडियाहरुलाई पनि प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : २५ बजे