८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

रोटरी क्लवद्धारा राहत सकंलन



अशोक पौडेल, जितपुुर, ३० साउन ।
कपिलवस्तुको बाणगंगामा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाढी पिडितहरुका लागि राहत सकंलन कार्य सुरु गरेको छ । रोटरी क्लवले बाणगंगाको जितपुर क्षेत्रका पसल, इच्छुक ब्यतिmहरुबाट राहत सकंलन गरेको हो । बाढि पिडितका नाममा राहत सकंलन गर्न लागिएकोले पनि सर्वसाधारण सहयोग गर्न आतुर देखिएको क्लवका अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।

क्लव भित्रका रोट्रियन पदाधिकारी तथा सदस्यहरुबाट रु ५० हजार र अन्य सर्वसाधारणबाट उठेको रकमलाई प्रमुख जिल्ला अधिकारी मार्फत बाढि पिडित क्षेत्रमा पठाइने क्लवका पब्लिक रिलेशन डाइरेक्टर टेकराज भुसालले जानकारी दिनुभयो ।

कुनै क्लवको सामान्य प्रयासले पनि सम्बन्धित क्षेत्रका कैँयौ पिडितहरुले त्यसबाट केही मात्रामा भएपनि राहात लिन सक्ने भएकाले रोटरी क्लवको राहात सकंलन कार्य उदाहरणीय भएको सिद्धार्थ बजार बिकास समितिका अध्यक्ष तथा समाजसेवी बिष्णु थापाले बताउनुभयो । रोटरी क्लवका पे्रसीडेन्ट इलेक्ट बासुदेव घिमिरे, सेके्रट्री माधव भाट क्षेत्री लगायत अन्य रोटे«यनको सक्रियतामा राहत सकंलन गरिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  २ : ३९ बजे