१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

दीपिकाले राखेको रणवीरको ‘निकनेम’



एजेन्सी ।
लामो समयको गुपचुप प्रेमपछि वैवाहिक सम्बन्धमा बाँधिएको जोडी हो दीपिका रणवीरको जोडी। आफ्नो प्रेम सम्बन्धको बारेमा उनीहरुले कहिले प्रदर्शन नगरेपनि विवाह पछि उनीहरुको प्रेम खुलम खुल्ला देखिन्छ। सार्वजनिक कार्यक्रममा सँगै देखिने यो जोडी सामाजिक सञ्जालमा पनि एक अर्काको फोटो अनि पोस्टमा कमेन्ट गरिरहेका हुन्छन्।

भर्खरै रणवीरले इन्स्टाग्राममा एउटा फोटो अपलोड गरे। दारी बढेको उनको लुक्स खेलाडीको जस्तो देखिन्छ। उनको यो फोटोलाई फ्यानले रुचाईरहेका छन्। रणवीरका फ्यानको लामो कमेन्टको बिचमा दीपिकाले पनि कमेन्ट गरेकी छन्।

उनको कमेन्ट सबैलाई याद हुने खालको छ किनकी उनले रणवीरलाई ‘निकनेम’ दिएकी छन्, ‘क्याण्डी’ । उनको यो कमेन्टमा रणवीरप्रतिको माया देखिन्छ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  ९ : १० बजे