मायादेवी अनलाइन, वाणगंगा ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भैरहेको बेला विद्यालय मर्जको अभियान सुरु गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिकाबाट सामुदायिक विद्यालयको मर्ज अभियान सुरु गरिएको हो ।
वडा नं. २ पिपरामा अवस्थित ज्ञानोदय आधारभूत विद्यालय आज एक विशेष समारोहका बीच जनता मावि पिपरामा समायोजन भएको छ । विद्यार्थी संख्या निकै कम रहेको ज्ञानोदयलाई मर्ज गर्ने अभियान विगत देखि नै सुरु भएको थियो । आज मात्र यसले सार्थकता पाएको वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा हासिलका लागि विद्यालय मर्जको विकल्प नभएको बताउनुभयो । कम विद्यार्थीका बीच अध्ययन अध्यापन गराउदा प्रयाप्त स्रोत साधन उपलब्ध नहुने भएकोले विद्यार्थीको पढाईमा राम्रो सघाउने नपुग्ने भएकोले बेलैमा समायोजनको निति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । यसको सुरुवात जिल्लाको वाणगंगाबाट भएको भन्दै उहाले खुसी व्यक्त गर्नुभयो ।
ज्ञानोदय आधारभूत विद्यालयका प्रध्यानाध्यापक देवकला सुवेदी (डिना)ले सामुदायिक विद्यालयको पढाईलाई थप गुणस्तरीय बनाउनका लागि विद्यालयलाई जनता माविमा समायोजन गरिएको बताउनुभयो ।
यसैबीच एक कार्यक्रमका बीच वडा नं. २ ले दोस्रो वाणगंगा मेयर कपमा विजेता खेलाडीलाई सम्मान गरेको छ । प्रदेश सांसद पन्थीको प्रमुख आतिथ्यतामा खेलाडीलाई सम्मान गरिएको हो ।
यसैगरी उक्त कार्यक्रममा ढाई महिने आधारभूत कम्युटर तालिमको पनि समापन गरिएको छ । वडाको बार्षिक कार्यक्रम अनुसार ३३ जनालाई आधारभूत कम्युटर तालिम दिइएको थियो । आज उक्त तालिमको समापन गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
१३ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया