८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अत्तरियाका एक युवा कृषि पेशाबाट आत्मनिर्भर बन्दै



धनराज कटेल, कैलाली, १ असोज ।
विदेशमा रोजगारीका अवसर नभएको भन्दै अहिले दैनिक त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट दैनिक सयौँ युवाहरु विदेशीने गरेका छन् । तर कैलाली एक जना युवाले भने स्वदेशमै मै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदारण दिएका छन् ।

कैलालीके गोदावरी नगरपालिका अत्तरियाका प्रेमराज भट्टले ३ बर्ष देखि कृषि पेशामा संङ्गलन हुदै आएका छन । जसबाट उनले अहिले दैनिक मनग्य आम्दानी लिदै आएका छन् । २०६८ सालमा कृषि जे.टि.ए. पढाइ सकेर कृषि कार्यमा लागेका भट्टले अहिले च्याउ खेती, बङुर पालन, कुरिलो खेती र कुखुरा पालन गर्दै आएका छन् ।

नेपालमा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको बताउने उनि नेपाली युवाहरुले स्वदेशमा काम गर्न गा्रहो मान्ने तर विदेशमा गएर जस्तो जुकै काम गर्न तयार हुने गरेको उनि बताउछन् । थोरै लागानि बाट कृषि व्यवसाय सुरु गरेका उनले ३ बर्ष भित्रै धनगढीमा १ कठ्ठा जग्गा, अत्तरियामा १.५ कठ्ठा जग्गा किनेका छन भने अहिले उनले कृषि पेशा बाटै १ वटा मोटरसाईकल र एउटा पनि किन्न भ्याएका छन् ।

अहिले उनले गर्न लागेको पेशा बाट केवल उनि आफु मात्रै लाभावित भएका छैनन उनले संञ्चालन गरेका विभिन्न फर्महरुमा १० जनालाई मासिक रोजगारी दिएका छन भने २५ जनालाई दैनिक रोजगारी दिएका छन् ।

स्नातकोत्तर पढेका भट्ट नेपाल विद्यार्थी संघका कैलालीका जिल्ला सदस्य समेत हुन । राजनितीले समाजलाई सकारात्म कुरा सिकाउने भएकाले राजनितीमा लाग्ने प्रत्यक व्यक्तिले आफु उत्पादन मुखि हुनुका साथै समाजका केहि व्याक्तिलाई रोजगार सिर्जना गर्न सक्ने हुनुपर्ने उनि बताउछन् ।

ब्यबसाय बिना राजनिती सम्भब नभएको भट्टको भनाइ छ । उनले अहिले च्याउ खेती, बङुर पालन, कुरिलो खेती र कुखुरा पालनमा गरि ५० बराबरको लागानि गरेका छन् । हाल उहाले कृषिमा कुखुराको दाना चल्लाको डिलर पनि संचालन गरेका छन् ।

नेपाल कृषिप्रधान देश हो नेपालमा कृषिमा धेरै सम्भावना छन तेसैले कृषिमा लागेको भट्टको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १ : ११ बजे