८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दीपिकाको फिल्म ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप



एजेन्सी ।
भारतीय अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ। बलिउड अभिनेत्री दीपिकाको निर्माणमा आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरीभएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। उनले फिल्ममा ‘लेखकको रुपमा आफूलाई क्रेडिट दिन पनि अदालतमा अपिल गरेका छन्। सन् २०१५ मा भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारीका लागि आफूले तयार गरेको स्क्रिप्टअनुसार छपाक निर्माण भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गरेको जनाइएको छ। लेखक राकेशले ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गराएको उनका वकिलको भनाइ छ। मुद्दाको सुनावाइ भने आगामी शुक्रबार हुँदैछ। आफूले निमार्ण गरेको फिल्ममा नायिका पादुकोनको मुख्य अभिनय छ भने विक्रान्त मेस्सी नायकका रुपमा देखा पर्ने छन्। एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  १२ : ४५ बजे