१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

विपन्न वर्गका विद्यार्थीलाई ‘स्विटर’ बाड्दै वडाध्यक्ष विष्णु गिरी



दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले गरिव तथा विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । गत वर्ष ६ सय ३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै नगरमै पहिलो पटक कार्यक्रमको शुभारम्भ गरेको वडाले यस वर्षपनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । वडाले शुक्रबार जनज्योती मावि मोतिपुरमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ३ सय ७२ विद्यार्थीलाई स्विटर वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिकाका उपमेयर चक्र अर्यालले वडा नम्बर ७ ले भौतिक पूर्वाधारलाई मात्र नभई लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको बताउनुभयो । वडाले लक्षित वर्गका कार्यक्रम पनि सिर्जनात्मक ढंगले गर्दै आएको भन्दै यो कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नगर शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले वडा नम्बर ७ ले विभिन्न किसिमका आकर्षक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाले नगरपालिकामा न्यानो कपडा वितरणको कार्यक्रम पनि यसै वडाले गत वर्षबाट शुभारम्भ गरेको जानकारी दिनुभयो । सोही कार्यक्रमलाई अन्य वडाले पनि संचालन गर्दै आएको बताउनुभयो ।
यस्तै वडा अध्यक्ष विष्णु गिरीले वडा भित्रका सम्पूर्ण वडाबासीलाई लक्षित गरी नयाँ नयाँ कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाले वडाले सम्पूर्ण क्षेत्रलाई समेट्दै शैक्षिक क्षेत्रमा पनि उल्लेख्यिय कार्य गर्दै आएको बताउनुभयो । गत वर्ष अन्य २ विद्यालयका ६ सय ३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको भन्दै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।
आगामी दिनमा पनि वडाले यस प्रकारका काम गर्ने उहाको भनाई छ । वडाले शैक्षिक गुणस्तरका लागि न्यानो कपडासंगै नव दुर्गा निमाविलाई टिभी र प्रोजेक्टर, जनचेतना निमाविलाई टिभी र ल्यापटप, मोतीपुर बाल विकास केन्द्र र वाणी गाउँ बाल विकास केन्द्रलाई पनि टिभी लगायतका सामग्री वितरण गरेको छ ।
कार्यक्रम वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता र सचिव कृष्ण खनालको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जनज्योती माविका प्रधानाध्यापक विष्णु भण्डारी, सम्पूर्ण टोल विकास समितीका अध्यक्ष, विद्यालयका शिक्षक शिक्षिका लगाएतको उपस्थितीमा भएको हो ।

प्रकाशित मिति : ११ पुस २०७६ शुक्रबार ००:००  ७ : ०५ बजे