८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

योजना प्रभावकारी बनाउन शिवराजमा अभिमुखिकरण



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा उपभोक्ता समितिले सम्झौता बमोजिम योजना कसरी सम्पन्न गर्ने भन्ने बारेमा अभिमुखिकरण दिइएको छ ।
योजना सम्पन्न पश्चात भुक्तानी लिन आउँदा बुझाउनु पर्ने कागजातबारे अधिकांशलाई ज्ञान नहुँदा दुख पाएका खबर सार्वजनिक भैरहेका बेला शिवराज नगरपालिकाले यस बारेमा प्रष्ट पार्नका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अशोक पाण्डेले बताउनुभयो ।
योजना सम्झौता गर्दा योजनाको प्राविधिक लगत स्टिमेट, सम्बन्धित वडा कार्यालयको सिफारिस, उपभोक्ता समितिको निर्णय प्रतिलिपी लगायतका बारेमा अभिमुखिकरण दिइएको नगरपालिकाका सब इन्जिनियर मोहन के.सीले जानकारी दिनुभएको छ ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै के.सी.ले उपभोक्तालाई गुणस्तरिय कामसंगै आवश्यक कागजात कसरी चुस्तदुरस्त राख्न सकिन्छ भन्नेबारे सिकाउनुभएको थियो ।
शिवराज नगरपालिकाका लेखा अधिकृत केशवराज गैरेले उपभोक्ता समितिहरुले योजना सम्पन्न गरी सके पछि भुक्तानीका लागि चाहिने आवश्यक कागजातबारे सहजीकरण गर्नुभएको थियो ।
शिवराज नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर क्षेत्रीको अध्यक्षता, शिवराज नगरपालिकाका सब इन्जिनियर मोहन के.सी., लेखा अधिकृत केशव गैरेको सहजीकरण र नारायण पंगेनीको संचालनमा अभिमुखिकरण कार्यक्र सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ४ : ३३ बजे