मायादेवी अनलाइन, बुद्धभूमि ।
विद्यालय शिक्षा स्थानीय तहको मातहतमा आएको भन्दै यसको सुधारमा आफु निरन्तर लागि रहेको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभएको छ । शिक्षाको विकास विना अन्य विकास प्रभावकारी नदेखिने भन्दै भविष्यका कर्णधारका रुपमा लिइने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा आफ्नो ध्यान गएको बताउनुभयो । विद्यालयका भौतिक संरचनालाई लगभग पक्की बनाईसकेको भन्दै अब सामुदायिक विद्यालयको गुणस्तरीयता कायम गर्न आफु लागिपरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
ए वान मिडिया सेन्टर कपिलवस्तुले विहीबार देखि सुरुवात गरेको ‘ए वान क्वीज सिजन थ्री’को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यार्थीलाई विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी शिक्षण सिकाईमा थप सहयोग पु¥याइ रहेको उहाँले जिकिर गर्नुभयो । एकोहोरो किताबी पढाईले मात्र विद्यार्थीको भविष्य उज्जव हुन नसक्ने भन्दै नगर प्रमुख श्रेष्ठले रचनात्मक कार्यक्रमलाई बढी जोड दिनुपर्ने औल्याउनुभयो ।
ए वान मिडियाले हरेक बर्ष क्वीज कार्यक्रम गरेर विद्यार्थीको पढाईसंगै उनीहरुको भविष्य उज्वल बनाउने काम गरिरहेको भन्दै आगामी दिनमा यसको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा नगरको शिक्षा परिवर्तन गर्ने दिशामा आफु लागिरहेको भन्दै एक्लो प्रयासले यो सम्भव नहुने बताउनुभयो । त्यसको लागि सबैको साथ र सहकार्यको अपेक्षा आफुले राखेको उहाँको भनाई छ ।
१५ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares







प्रतिक्रिया