७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

केन्द्र सरकारले ६ महिना थप गरेको योजनालाई वाणगंगामा पनि निरन्तरता दिइने



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगर कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारको स्रोतबाट कार्यन्वयन हुने योजनाहरुको बजेट माग गर्ने निर्णय छ ।

नगर प्रवक्ता बिष्णु पौडेलका अनुसार आव २०७७/०७८ मा सम्पन्न हुने भनिएका तर कोभिडका कारण रोकिएका योजनालाई सम्पन्न गर्न केन्द्र सरकारले नै ६ महिना म्याद थप गरेको अवस्थामा ती योजना पुरा गर्न बजेट माग गर्ने निर्णय भएको हो ।

साथै बैठकले ०७८/०७९ को बजेट स्वीकृत समेत गरेको छ । कोभिडको तेस्रो लहरबाट बच्न बचाउनका लागि स्थायी प्रकृतिका संरचनाहरु निमार्ण गर्ने र अक्सिजन सिलिण्डरको प्रर्याप्त ब्यवस्थापन गर्ने निर्णय भएको जनाइएको छ ।

साथै शुक्रबार (आज) एक समारोहका बीच बालमैत्री नगर घोषणा गर्नेबारे पनि बैठकले निर्णय गरेको छ । वाणगंगा देशको नवौं, प्रदेशको तेस्रो र कपिलवस्तुको पहिलो नगरपालिकाका रुपमा बालमैत्री नगर घोषणा हुँदै छ ।

कार्यपालिकाको बैठकले पुराना घर अभिलेखीकरणका लागि पुस मसान्तसम्म म्याद थप गरेको छ भने नगरभित्रबाट रुपन्देहीको गौतम बुद्ध मुटु अस्पतालमा डायलासीस गर्न जाने बिरामीलाई राहत प्रदान गर्न दुई लाख रुपैयाँ बजेट समेत प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ७ : ५५ बजे