कपिलवस्तु । नेपाल पत्रकार महासंघको देशैभर निर्वाचनको कार्य तालिका नजिकिदै गएपनि महासंघको कपिलवस्तु शाखामा भने सदस्यता सम्बन्धी विवाद चुलिँदै गएको छ। जिल्ला कार्य समितिका अध्यक्ष किरणमान बज्राचार्यले एकलौटी रुपमा मनोमानी ढंगबाट सदस्यता सम्बन्धी नवीकरण सिफारिस केन्द्र तथा प्रदेश समितिमा पठाएको भन्दै नेपाल पत्रकार महासंघका २ जनै जिल्ला उपाध्यक्ष सहितको बहुमत कार्यसमितिले विरोध जनाएका हुन्। पत्रकार…