कपिलवस्तु ।कपिलवस्तुका तरकारी किसानले आफुले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि पशुचौपायालाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नआउने भए पछि बजारमा बिक्री गर्नुको साटो पशुचौपायालाई खुवाउन सुरु गरेका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका तरकारी उत्पादक कृषक महेन्द्र केवटले आफूले लगाएको भिण्डी बिक्री नभएकाले भैँसीलाई आहाराका रुपमा खुवाएको…