१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिद्धार्थ क्याम्पसका बिद्यार्थीहरुले गरे मोजा उद्योगको अध्ययन अवलोकन



बिकास थापा, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा १ मा रहेको सिद्धार्थ क्याम्पसको बिबिएस चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आज मोजा उद्योगको अध्ययन अवलोकन गरेका छन ।

कपिलवस्तुको बाणगंगा ४ दरखास्तमा रहको बराह होजियरी उद्योगको बिद्यार्थीहरुले अवलोकन अध्ययन गरेका हुन । उद्यमशिलता बिषयमा केन्द्रिर रहदै क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल पोख्रेल , उद्यमशिलता अध्ययापन गराउदै आउनुका भएका प्राध्यापक ईन्द्रमणी पाण्डे र प्राध्यापक सन्जय नेपालको अगुवाईमा उद्योगको अवलोकन गरिएको हो ।
अवलोकनको क्रममा बिद्यार्थीहरु माझ बोल्दै क्याम्पसका सहायक प्रमुख कमल पोख्रेलले बिद्यार्थीहरुमा जागिर खाने होइन मालिक बन्ने मानसिकता बनाउँनुपर्ने बताउनुभयो । राम्रो पढेका व्यक्तिले व्यवसायीकरण गरे सफलता प्राप्त हुने र देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिने उहाको भनाई छ ।

पढ्नु भनेको जागिरको लागि मात्र होईन उद्यमी बन्न उद्यमशिलता गर्न लागि अझ महत्वपूर्ण हुने बताउनुभयो । यस्तै बिबिएस चौथो बर्षका उद्यमशिलता बिषय अध्ययापन गराउदै आउनुका भएका प्राध्यापक ईन्द्रमणी पाण्डेले शिक्षालाई उद्यमशिलता संग जोड्नु पर्ने र त्यसका लागि औद्योगिक भ्रमण फलदायि हुने बताउनुभएको छ । विद्यार्थीहरुमा समेत वित्तिय चेतना आवश्यक रहेको बताउँदै देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिएकाले हरेक बर्ष बिभिन्न ठाउमा बिद्यार्थीहरुलाई उद्योगको अवलोकन गराईरहेको बताउनुभयो । पछि पनि अन्य जिल्लाका ठूला उद्योगहरुको अवलोकन गराउने बताउनुभयो ।

बिद्यार्थीहरुले मोजा उद्योगको बारेमा बिभिन्न जिज्ञासा उद्योग सञ्चालक समक्ष राखेका थिए । माग र बजारीकरणको अवस्था , उद्योगका चुनौती ,कच्चा पदार्थको अवस्था ,कर्मचारी संगै लगानी र आम्दानीका बारेमा बुझेका थिए । २ भाईको संयुक्त रुपमा सञ्चालनमा आएको उद्योग कपिलवस्तु जिल्लाकै पहिलो र एकमात्र रहेको दाबी गरिएको छ । शुरुमा ३ वटा मेसिनबाट शुरु गरिएको उद्योगमा अहिले १६ वटा मेसिन रहेका छन । यहा उत्पादन भएका मोजाहरु देशका सबै प्रदेशमा पुग्ने गरेको उद्योग सञ्चालकहरुले बताएका छन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९ शुक्रबार ००:००  ६ : १५ बजे