१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, ३ जना घाइते

कपिलवस्तु ।कपिलवस्तुमा बस दुर्घटना हुँदा ३ जना घाइते भएक छन् । जिल्लाको शिवराज नगरपालिका–१ उमरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस आज बिहान दुर्घटना भएको हो। बस अनियन्त्रित भई पल्टिँदा ३ जना घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।एकजनाको सकुशल उद्दार गरिएको छ ।