१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कपिलवस्तुको सात पालिकामा स्वास्थ्य बीमा अनिवार्य

तौलिहवा(कपिलवस्तु) । जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभुमि नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाँउपालिकाले आठ प्रकारका कडा रोगका सम्बन्धमा बीमा अनिवार्य गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) कार्यान्वयनमा ल्याएको छ…