१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

भलवाडमा नदीजन्य पदार्थ चोर्ने ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

मायादेवी अनलाइन, चारनम्बर । लक डाउनको मौका छोपी नदीजन्य पदार्थ चोरी गर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा ट्रयाक्टर नियन्त्रणमा आएको छ । वडा नम्बर ९ भलवाडमा निशेधाज्ञाको मौका छोपि नदीजन्य पदार्थ चोरी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी गस्ती टोलीले घिरीखोला (नदी) बाट ढुङ्गा चोरी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राऊ गरेको हो…