२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

कपिलवस्तुमा कोरोना जित्ने १८ पुगे, बुद्धभूमि र यशोधराका थप तीन जना घर फर्के

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा कोरोना जितेर घर फर्किनेको संख्या १८ पुगेको छ । आइतबार थप तीन जना उपचार पछि निको भएर घर फर्किएका छन । घर फर्किनेहरुमा यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक जना रहेका छन । यी संक्रमित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।