मायादेवी अनलाइन, तौलिहवा । वाणगंगा सिंचाई प्रणाली अन्तरगत जल उपभोक्ता समितिको छैठो साधारण सभा सम्पन्न भएको छ । तौलिहवामा शनिबार सम्पन्न साधारण सभामा बोल्दै गैर सरकारी सस्ंथा महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तवले कृषि क्षेत्रको विकासको लागि खेतको चक्लाबन्दी हुनेपर्ने बताउनुभयो । कृषि तथा सिचाईलाई प्राथामिकतामा राखेर अगाडी बढ्न उहाले सरकारलाई आग्रह गर्नुभएको छ ।…