सीताराम चौधरी, चन्द्रौटा, माघ । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित कपिलवस्तुको चन्द्रौटामा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । शिवराज नगरपालिका ५, चन्द्रौटास्थित हिमपात कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन् । रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले दोस्रो पटक रक्तदान कार्यक्रम गरेको…