८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

स्थानीय तह कर्मचारी यूनियन कपिलवस्तुको अध्यक्षमा शर्मा



मायादेवी अनलाइन, कपिलवस्तु । 

स्थानीय तह कर्मचारी युनियन कपिलवस्तु कार्य समिति अध्यक्षमा रेशमराज शर्मा भएका छन । तौलिहवाको जिल्ला समन्वय समितिको हलमा भएको स्थानीय तहका कर्मचारीहरुको भेलाले शर्माको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजेश कुमार सैनी, महिला उपाध्यक्षमा सरिता तिवारी, सचिवमा नारायण रेग्मी, र कोषाध्यक्षमा साकिर अहमद भएका छन । यस्तै समितिको सदस्यहरुमा राजेन्द्र मौर्य, सिताराम ठाकुर, सन्तोष कुमार श्रीवास्तव, सुनिल कुमार चौधरी, शिव प्रकाश बर्मा, तेज कुमारी पौडेल, डोल बिक्रम बेल्बासे, चिरंजिवी आचार्य, अनिरुद्र सिंह कुर्मी र कमलेश शुक्ला रहेका छन ।

कार्यक्रममा पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य, युनियनका केन्द्रिय अध्यक्ष नर बहादुर साउद, महासचिव राम प्रसाद पौडेल, कांग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्य, कृषि श्रमिक संघकी अध्यक्ष बिमला गैरे, जिल्ला समन्व समितिका प्रमुख नारायण खनाल, उप प्रमुख तारावती चौधरी, नेपाल बातावरण तथा सरसफाई संघका महासचिव चन्द्र घिमिरे लगातयले मन्तब्य शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  १ : ५३ बजे