जितपुर । वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेलले सहकारीको महत्त्व, चुनौती, र स्थानीय कृषिलाई प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिएका थिए। उनले वाणगंगा–९ को भर्लाबास क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्न वडा कार्यालय र नगरपालिकाबाट आवश्यक…