३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रुपन्देहीका कलाकार तेजु अर्यालले छाडे एमाले

रुपन्देही । रुपन्देहीको देवदह निवासी कलाकार तेजु अर्याल नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०४६ सालदेखि एमालेमा सक्रिय रहेका उनी एमालेमा योगदान र क्षमताको कदर हुन नसकेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका हुन् । उनलाई शुक्रबार काँग्रेसका नेता अब्दुल रज्जक , रामकृष्ण खाड र हिराबहादुर केसि पार्टीमा स्वागत गरेका थिए ।…