७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

कोरोना संक्रमणमुक्त जिल्ला बन्यो नुवाकोट

नुवाकोट ।नुवाकोट जिल्ला आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएकोब बताए ।…