काठमाण्डौ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो ।…