२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डौ । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।…