१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा कोरोनाबाट एकै दिन १४ जनाको मृत्यु , ३ हजार १ सय ७५ संक्रमित थपिए



काठमाण्डौ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा थप तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७८ बिहिबार ००:००  ५ : ३५ बजे