काठमाण्डौ । अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।…