काठमाडौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताएका छन्। आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सप्रिएकाहरू अहिले पनि एमालेमै रहेको तर्क गरे। ‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गरेका छन्। यसलाई सक्नपर्छ र नयाँ…