१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

पेरिस । फ्रान्समा क्याथोलिक चर्चका पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलेको छ। सन् १९५० देखि हालसम्म पादरीमार्फत सो संख्यामा बालबालिकामाथि यौन दुर्व्यवहार भएको एक फ्रान्सेली अनुसन्धानले खुलाएको हो। फ्रान्सका अनुसन्धानकर्ता जिन मार्क सौभले फ्रेन्च क्याथोलिक चर्चमा भएको यौन दुर्व्यवहारसम्बन्धी लामो रिपोर्ट सार्वजनिक गर्दै भनेका छन्, ‘संसारभर यस्ता काण्डहरु थुप्रै भेटिन्छन्।…