सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषदमा दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गर्नु भएको हो । यस अघि उहाँहरुसहित बिन्दमान विष्टलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री शाहीले गएको बुधबार आर्थिक मामिल…