काठमाण्डौपानी परे पनि वातावरण प्रदूषणको अवस्थामा भने खासै सुधार आउन सकेको छैन । हिजो परेको असिनासहितको पानीले वायु प्रदूषणलाई घटाउन सक्ने भनिए पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा वायु प्रदूषण अस्वस्थकर अवस्थामा नै रहेको छ । वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईले अहिले पनि काठमाण्डौ प्रदूषित ९४ सहरमध्ये शीर्ष दुईमा देखाएको छ । नेपालमा…