धनगढी ।कोरोनाभाइरसका संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेका बेला मास्कविना नै मानिसहरू हिँडडुल गरेको पाइएपछि कञ्चरपुरमा कडा नियम लगाइएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयअनुसार प्रहरीले मास्क नलगाएका मानिस भेटिएमा ५० रूपैयाँका दरले जरिवाना लिने गरेको छ। यो नियम सोमबारदेखि नै लागु भइसकेको छ।महेन्द्रनगरमा मास्क नलगाई हिँडेका ३७ जनालाई कारवाही गरिएको थियो।उनीहरूबाट एक हजार ८ सय ५० जरिवाना…