काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ। आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन्। उनका अनुसार आइतबारबाट…