२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आज छैटौँ योग दिवसः ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

काठमाडौँ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर…