काठमाडौं । मकवानपुरको हेटौंडामा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिँदा ९ जना घाइते भएका छन्। बुधबार बिहान सवा नौ बजे हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिएको थियो। ना ५ त ७७०० नम्बरको ट्रयाक्टरलाई ना १ ज ८६८५ नम्बरको माइक्रोले पछाडिबाट ठक्कर दिएको प्रहरी नायब उपरीक्षक डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। ठक्करपछि दुबै गाडी पल्टिएको थियो।…