१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सप्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गयो, चालक फरार



सप्तरी

सप्तरीबाट बिरामी बोकेर उपचारको लागि विराटनगर लैजाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ को लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोक्किँदा मङ्गलबार दुर्घटना भएको हो ।

दुर्घटनामा तिलाठी २ को लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मृतककी ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल, ३० वर्षीय छोरा जितेन्द्र मण्डल र ५० वर्षीय भाइ रामसुन्दर मण्डल घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स चालक फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  १ : ३४ बजे