काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् । प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको…