१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चिसो ह्वात्तै बढ्यो, हिमाली र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ ।…