बाग्लुङ । बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाग्लुङले १२ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो । प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक…