काठमाण्डौँ । बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०ः १९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो । यसैगरी देवी विसर्जनको साइत बिहान १०ः ११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।