१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

बागलुङमा बाढी पहिरोः १४ को मृत्यु, अझै ३९ बेपत्ता

बागलुङ । मध्यरातमा घर भूकम्पले हल्लाएझैं भयो । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटका निमबहादुर विक हतार–हतार उठे र बाहिर निस्किए । त्यतिन्जेल भुजीखोलाको बाढी घरभित्र पसिसकेको थियो । छोराछोरी च्यापेर सुरक्षित ठाउँ खोज्न निस्कँदानिस्कँदै घर गर्ल्यामगुर्लुम ढल्यो । भागाभाग गरेर उनी, श्रीमती, दुई छोरा र एक छोरीले ज्यान बचाए । पालेका पशुपन्छी सबै बगे । हेर्दाहेर्दै उनको घरछेउको बस्ती नै बग्यो । विक परिवारले…