मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा १ का वरिष्ठ समाजसेवी डोलकराम घिमिरे मातृशोकमा पर्नु भएको छ । गयराति उहाँकी आमा जमुना घिमिरेको ७६ बर्षको उमेरमा निधन भएपछि उहाँ शोकमा पर्नु भएको हो । केही समयअघिबाट विरामी उहाँको घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।