३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह ३ः१० बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्थायी समिति बैठक स्थगित गरेर नेकपाले आजका लागि सचिवालय बैठक बोलाएको थियो। स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय उठेपछि लामो समयदेखि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल भएको थियो। भेटमा के कुराकानी भयो अहिलेसम्म बाहिर आएको छैन। आजको सचिवालय बैठकमा स्थायी समिति बैठकमै उठेका एजेन्डामा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०७७ शनिबार ००:००  ३ : ३० बजे