काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो । महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहने जनाएको छ…