लन्डन । बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ । तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन…