८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोनाको उच्च जोखिम बढेपछि कपिलवस्तु जिल्ला भयो शिल !



मायादेवी अनलाइन, चार नम्बर ।

कोरोनाको उच्च जोखिम बढेपछि कपिलवस्तु जिल्ला शिल हुने भएको छ । सोमबार (आज) साँझ ५ बजेदेखि जिल्लालाई गर्ने निर्णय भएको जनाइएको छ । सोमबार भएको जिल्ला सुरक्षा संयन्त्रको वैठकले सोमबार (आज) आज ५ बजेदेखि आगामी जेठ ५ गते मध्यराति १२ बजेसम्म जिल्लालाई शिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार यो निर्णय भएसंगै खाद्यान्न, तरकारी, फलफुल, दूध पेट्रोलियम पदार्थ, ग्याँस, औषधी पानी पशुपंक्षीको दाना, एम्बुलेन्स, शव बाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरु बाहेक अन्य उद्योगधन्दा कलकारखाना, निर्माणसंग सम्बन्धित कार्यहरु, व्यापार व्यवासाय आदिलाई पूर्ण रुपमा रोक लगाइएको पौडेलले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिनुभएको छ । उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रामक रोग ऐन २०२० को दफा २(१) बमोजिम यो निर्णय गरिएको हो ।

निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना पनि जारी गरेको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

जिल्लामा कोरोना संक्रमित १५ पुगेका छन् । नेपाल भारतको सिमावर्ती क्षेत्र दशगजामा सयौं नागरिक अलपत्र पर्नु र रातभर दर्जनौं नागरिक लुकिछिपि आएपछि कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  २ : ५६ बजे