काठमाडौं । सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ । आज नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको बताउनुभएको हो । उहाले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड १९ पोजिटिभ देखिएको बताउनुभयो । देवकोटाले भन्नुभयो, “चैत…